रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

Thankot Times

थानकोट ।

काठमाडौंको तीनकुनेमा भएको आन्दोलन हिंसात्मक बनाएको आरोपमा पक्राउ परेका २४ जनालाई थप सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले राज्यविरुद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धानका लागि प्रहरीलाई यो म्याद दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले २४ जनाविरुद्ध अनुसन्धानका लागि थप सात दिनको समय प्राप्त भएको बताए।

दुर्गा प्रसाईं र रवीन्द्र मिश्रले हाजिर जमानीमा राख्न माग गर्दै अदालतमा निवेदन दायर गरेका छन्। आइतबारको इजलासमा दुवैले आफ्ना कुरा राखेका थिए।

यसअघिको इजलासले बयान र प्रमाण संकलन पूरा भएमा हाजिर जमानीमा रिहा गर्न सकिने जनाएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *