सांसद माया राई पक्राउ

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसबाट समानुपातिकमा सांसद बनेकी माया राई पक्राउ परेकी छन् ।

शनिबार राति उनलाई कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको सोही कार्यालयका एक अधिकृतले जानकारी दिए ।

उनी स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन् ।

सत्ताको आडमा उनलाई पक्राउ नगरिएको भन्दै आलोचना हुँदै आएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *