काठमाडौं महानगरमा भोलि आइतबार शोक बिदा

थानकोट ।
काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्चसमेत रहेका तीर्थराम डंगोलको निधनमा काठमाडौं महानगरपालिकाले भोलि आइतबार शोक बिदा दिएको छ ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै डंगोलले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्द्धन तथा सामाजिक सेवामार्फत् रुपान्तरणमा पुर्याएको योगदानको सम्मानस्वरूप बिदा दिने निर्णय गरिएको जनाएको छ ।
अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयमा बिदा दिइएको प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेद्वारा जारी सूचनामा उल्लेख छ ।
नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका डंगोलको गए राति निधन भएको थियो ।