शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगितामा चन्द्रागिरिकी अञ्जलीलाई स्वर्ण पदक

Thankot Times

थानकोट ।

प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगितामा चन्द्रागिरि नगरपालिका-१० सतुङ्गल बोसिगाउँस्थित धन बहादुर खेलकुद प्रतिष्ठानकी प्रशिक्षार्थी अञ्जली महर्जनले स्वर्ण पदक जितेकी छन् ।

ललितपुरको सातदोबाटोस्थित कराते एकेडेमी हलमा जारी प्रतियोगितामा बागमती प्रदेश टिम बाट सहभागी भएकी महर्जनले शनिबार ५० केजि तौल समुहमा स्वर्ण पदक जित्न सफल भएको धन बहादुर खेलकुद प्रतिष्ठानले जनाएको छ । 

यल कराते सितोरियो डोको आयोजना र प्रदेश खेलकुद विकास परिषद, वागमती प्रदेशद्वार प्रायोजित तीन दिने प्रतियोगितामा पुरूषमा ८६ र महिलामा ७५ गरी कुल १ सय ६१ खेलाडीको सहभागीता रहनेछ।

पुरूषतर्फ १० र महिलातर्फ ९ गरी १९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता शनिबार समापन हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ