राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् ।

अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट ल गएराति नेपाल आइपुगेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले स्वागत गरे ।

क्यानले उनलाई गएको चैत १५ मा नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । ५६ वर्षका स्टुअर्ट ल अबको दुई वर्ष नेपाली टोलीसँग रहने छन् ।

गएको जनवरीमा मोन्टी देशाईसँगको सम्झौता सकिएको थियो ।

अस्ट्रेलियाका स्टुअर्ट लले यसअघि श्रीलङ्का, बङ्गलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *