महिला टी-२० विश्वकप एसिया क्वालिफायरको लागि नेपाली टोली घोषणा

Thankot Times

थानकोट ।

थाइल्यान्डमा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार इन्दु वर्माको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।

युवा अलराउण्डर पुजा महतोलाई पहिलो पटक उपकप्तानको जिम्मेवारी दिइएको छ ।

दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो ।

टोलीको अन्य सदस्यहरुमा बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, रुबी पोदार, राजमती ऐरी कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, मनिषा उपाध्यया र रिया शर्मा छन् ।
मे ७ देखि २१ सम्म हुने एसिया क्वालिफायरमा नेपालसहित ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

ग्लोबल क्वालिफायरमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष चार टोली अर्को वर्ष जुन-जुलाईमा इंग्लयाण्डमा हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *