स्वास्थ्य मन्त्री पाैडेलद्धारा चन्द्रागिरि नगर प्राथमिक अस्पतालको निर्माणाधीन भवन निरीक्षण

Thankot Times

थानकोट । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पाैडेलले थानकोटस्थित चन्द्रागिरि नगर प्राथमिक अस्पतालको निर्माणाधीन भवन निरीक्षण गरेका छन् ।

२०८२ असार तेस्रो सातासम्म सम्पन्न गर्ने गरि हाल चन्द्रागिरि नगर प्राथमिक अस्पतालको थप भवन निर्माण भइरहेको छ ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले मन्त्री पाैडेललाई बन्न लागेको अस्पताल भवनको जानकारी गराएका थिए भने हाल सेवा प्रदान गरिरहेको अस्पतालका बारेमा जानकारी गराएका थिए । 

स्वास्थ्य मन्त्री प्रदीप पाैडेलद्धारा थानकोट स्वास्थ्य चाैकी भवनको शिलान्यास

शुक्रबार नगरप्रमुख घनश्याम गिरी, नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, वडाध्यक्षहरू घनश्याम लुँइटेल, प्रल्हाद रिजाल लगायतको उपस्थिति रहेको थियो । 

मूल्य अभिवृद्धि करबाहेक १७ करोड ४९ लाख ३४ हजार १ सय ९९ रूपैयाँ सैंतीस पैसा लागतमा निर्माण सम्झाैता भएको १५ शैयाको अस्पताल भवन गत वर्ष माघ ३ गते नगरप्रमुख घनश्याम गिरीले शिलान्यास गरेका थिए ।

सोही क्रममा मन्त्री पाैडेलले जर्मन विकास बैंकको सहयोगमा थानकोट गोदाममै निर्माण हुन लागेको परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालको भवन निर्माणस्थलका बारेमा समेत जिज्ञासा राखेका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *