प्रतिनिधि सभा बैठक आइतबारसम्म स्थगित

थानकोट ।
प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
आजबाट सुरु भएको बजेट अधिवेशनमा दलीय आधारमा नेताहरूले धारणा राखेका थिए ।
आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वृत्त परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति मागेका थिए ।
त्यसपछि अर्थ मन्त्री पौडेलले विधेयक प्रस्तुत गरेका थिए ।