नेकपा एमालेले बाेलायाे संसदीय दलको बैठक

Thankot Times

थानकोट । 

सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने बर्तौलाको भनाइ छ ।

बजेट अधिवेशन वैशाख १२ गते शुक्रबारबाट सुरु हुँदैछ । 

अधिवेशन सुरु भएकै दिन प्रधानमन्त्री केपी ओलीले संसद्मा सम्बोधन गर्ने तयारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *