ढुङ्गाअड्डामा गुडिरहेको पाँचपोखरी यातायातको यात्रु बस आगलागीबाट ध्वस्त

Thankot Times

थानकोट ।

थानकोट-थली रूटमा गुड्ने पाँचपोखरी यातायातको एउटा यात्रु बसमा बिहीबार दिउँसो आगलागी हुँदा सो बस जलेर पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।

चन्द्रागिरि नगरपालिका-१५ ढुङ्गाअड्डा पिपलबोटस्थित सडकमा कलंकीबाट थानकोटतर्फ आउँदै गरेको बसमा आगलागी भएको हो ।

आगलागीको कारण थाहा हुन सकेको छैन् । प्र ३ ०१ ००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको प्रहरी वृत्त थानकोटले जनाएको छ । सो क्रममा कुनै मानवीय क्षति नभएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीको प्रारम्भिक भनाइ छ ।

बसमा आगलागी भएपछि चन्द्रागिरि नगरको बारुण यन्त्र, पानी ट्यांकर, नगर प्रहरी, प्रहरी प्रभाग बलम्बु, प्रहरी वृत्त थानकोट लगायतबाट प्रहरी परिचालन गरिएको थियो ।

अहिले आगलागी नियन्त्रणमा लिइसकिएको छ ।

बीच सडकमा बसमा आगलागी भएपछि सो क्षेत्रको सवारी आवागमनमा केही बेर बाधा पुगेको प्रत्यक्षदर्शीले जनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *