प्रहरी वृत्त थानकोटको कमाण्ड डीएसपी एलिजा गिरीको काँधमा, बन्यो नयाँ इतिहास

Thankot Times

थानकोट ।

नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपनिरीक्षक (डीएसपी) को सरुवा गरिएको छ।

प्रहरी महानिरीक्षक दीपक थापाले एकसाथ १२१ जना डीएसपी सरुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

डीएसपी सरुवाको निर्णयसँगै धेरै इलाका प्रहरी कार्यालयका प्रमुखहरू परिवर्तन भएका छन्। यस्तै, डीएसपी इन्चार्ज हुने कार्यालयका प्रमुख पनि हेरफेरि गरिएको छ।

प्रहरी वृत्त थानकोटमा कार्यरत सूर्यप्रकाश सुवेदी जिल्ला प्रहरी कार्यालय सिन्धुली सरुवा भएका छन् । उनी २०८० चैत्र ८ गतेबाट प्रहरी वृत्त थानकोटको प्रमुख थिए ।

प्रहरीको यूएन शाखामा कार्यरत एलिजा गिरी प्रहरी वृत्त थानकोट सरुवा भएकी छन् । महिला प्रहरीले थानकोट वृत्त प्रमुखको जिम्मेवारी पाएको यो पहिलो अवसर हो ।

प्रहरी वृत्त थानकोट अन्तर्गत बलम्बु, मच्छेगाउँ, नैकाप, नागढुङ्गा लगायतका प्रहरी प्रभाग पर्दछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *