काठमाडाैंमा एमालेको तर्फबाट चुनाव जित्ने एक्लो सांसद् हुँ, जनताले त्यसै पत्याएको छैन्- श्रेष्ठ

Thankot Times

थानकोट ।

नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले निजामती कर्मचारीलाई सडक आन्दोलनमा जान नदिने वातावरण बनाउनुपर्ने बताएका छन् ।

उनीहरूले ७२ घण्टे अल्टिमेटम दिएको ख्याल गर्दै समिति अगाडि बढ्नुपर्ने उनले बताए ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयक विचाराधीन छ । बुधबारको छलफलमा बोल्दै एमाले सांसद श्रेष्ठले शिक्षक आन्दोलन स्मरण गरे ।

‘हेर्दा हेर्दै शिक्षकहरु सडक आन्दोलनमा आए । बिस्तारै बिस्तारै अनकन्ट्रोल हुँदैछ । यसमा हामी सबै जिम्मेवार हुनुपर्छ,’ सांसद श्रेष्ठले भने ।

शिक्षक आन्दोलन देखाउँदै सांसद श्रेष्ठले निजामती कर्मचारीलाई पनि आन्दोलनमा जान नदिने भूमिका खेल्नुपर्ने बताएका हुन् ।

यसअघि मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले समितिमै उपस्थित भएर विभिन्न १० बुँदे माग पेश गर्दै पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएका थिए ।

उनीहरूले ७२ घण्टाभित्र आफ्ना माग सम्बोधन गर्दै निजामती कर्मचारी विधेयक अगाडि बढाउन आग्रह गर्दै त्यसो नभए आन्दोलनको अर्को चरण सुरु हुने चेतावनी दिएका हुन् ।

‘७२ घण्टाभित्र माग सम्बोधन भएर विधेयक अगाडि नबढे आन्दोलनको अर्को चरण सुरु हुनेछ,’ बैठकमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले भनेका थिए ।

निजामती विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ । संसद्को वर्षे अधिवेशन १२ वैशाखदेखि सुरु हुँदैछ ।

विधेयक अगाडि बढाउन आवश्यक रहेको तर सबैको अपनत्व हुनेगरी अगाडि बढ्नुपर्ने एमाले सांसद श्रेष्ठले बताए ।

जनताले त्यसै भोट दिएर जिताएको छैन् भन्दै उनले भने सिंगो काठमाडाैंमा नेकपा एमालेको तर्फबाट चुनाव जित्ने म एक्लो सांसद् हुँ । जनताले बोल्नै नजान्ने व्यक्तिलाई चुनाव जिताएका हैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *