नेपाल सुपर लिग फुटबलः उपाधिका लागि पोखरा र ललितपुरबीच खेल हुने

Thankot Times

थानकोट ।

नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि पोखरा र ललितपुरले खेल्ने भएका छन् ।

बुधबार भएको खेलमा स्टेफन समिर बिनोङको निर्णायक गोलमा दश जनामा समेटिएको पोखरा थन्डर्सले धनगढी एफसीलाई १–० ले हराउँदै फाइनलमा पुग्यो ।

पोखरा पहिलो पटक एनएसएलको फाइनलमा पुगेको हो ।

लगातार दुई पटक फाइनल खेलको धनगढी यसपटक प्लेअफबाट नै बाहिरियो । धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटीसँग पराजित भएको थियो ।

पोखरा थन्डर्सले एलिमिनेटरमा चितवनलाई ३–० ले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको थियो ।

फाइनल खेल यहि शनिबार हुनेछ ।

तस्वीरःनेपाल सुपर लिग


Leave a Reply

Your email address will not be published. Required fields are marked *