आठौं राष्ट्रिय महिला भलिबल प्रतियोगिताः पहिलो खेलमा न्यु डायमण्ड युथ क्लब पराजित

Thankot Times

थानकोट ।

न्यु डायमण्ड युथ क्लब जारी आठौं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो खेलमा पराजित भएको छ । 

राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बुधबार भएको खेलमा न्यु डायमण्ड युथ क्लबलाई नेपाल पुलिस क्लबले ३-० को सोझो सेटमा हराएको हो ।

खेलमा पुलिस २५-१४, २५-२२ र २५-१३ को सेटमा विजयी भयो । अर्को खेलमा ६ पटकको च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) ले समूह एमा विजयी सुरुवात गर्ने क्रममा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हरायो ।

प्रतियोगितामा कुल ५ टोलीको सहभागिता छ ।

समूह ‘ए’ मा अर्को टोली एभरेष्ट भलिबल क्लब छ।

प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार, दोस्रो टोलीले २ लाख ५० हजार र तेस्रो १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ