मातातिर्थ औंशीका दिन (बैशाख १४ गते) चन्द्रागिरि नगरपालिका क्षेत्रमा स्थानीय सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

मातातिर्थ औंशीका अवसरमा यही बैशाख १४ गते आइतबार चन्द्रागिरि नगरपालिका क्षेत्रमा स्थानीय सार्वजनिक बिदा हुने भएको छ ।

बैशाख ८ गते बसेको चन्द्रागिरि नगरको कार्यपालिका बैठक मातातीर्थ कुण्डमा मेला लाग्ने दिन नगर र मातहतका निकायहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्यण गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए ।

मातातिर्थ औंशीका अवसरमा हरेक वर्ष चन्द्रागिरि नगरपालिका वडा नं. ६ महादेवस्थानस्थित मातातिर्थ कुण्डमा विशेष मेला लाग्ने गर्दछ ।

तस्वीर:प्रकाश गाेपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *