नेपाल सुपर लिग फुटबलको फाइनलमा पुग्न पोखरा र धनगढी खेल्दै, प्रमुख अतिथि रोबर्टाे कार्लाेस

Thankot Times

थानकोट ।

नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुग्न आज पोखरा थन्डर्स र धनगढी एफसी खेल्दैछन् ।

खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ ।

आइतबार भएको एलिमिनेटरमा चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा पुगेको हो ।

त्यस्तै शनिवार भएको पहिलो क्वालिफायरमा धनगढी साविक विजेता ललितपुर सिटीसँग पराजित भएको थियो ।

आजको विजेताले उपाधिका लागि ललितपुर सिटीसँग शनिवार खेल्नेछ ।

यसैबीच आजको खेल हेर्न ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेस दशरथ रङ्गशाला जाने भएका छन् ।

कार्लोस हिजो बिहान काठमाण्डौ आइपुगेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ