अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै

Thankot Times

थानकोट ।

संघीय संसदका तीन समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार सिंहदरबारस्थित समितिका कार्यालयमा ती बैठक बस्नेछन् ।

जसअनुसार अर्थ समितिको बैठकमा आगामी आर्थिक बर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग छलफल हुनेछ, जुन बैठक बिहान ११ बजे बोलाइएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भने बिहान ११ बजेबाट सुरू हुनेछ ।

जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।

उता, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल हुने भएको छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने समितिको आगामी अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गरिने जनाइएको छ, जसका लागि अपरान्ह १२ बजे बैठक बोलाइएको छ ।

साथै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेपाल सरकारले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२-०८३  को नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकताका लागि समितिको तर्फबाट सुझाव सम्बन्धमा छलफल हुनेछ ।

जुन बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ