कक्षा १२ को परीक्षा मिति सार्वजनिक, बैशाख २१ गतेबाट परीक्षा सञ्चालन गर्ने परीक्षा बोर्डको निर्णय

थानकोट ।
कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ ।
यसअघि पर्सि (बिहीबार) देखि सञ्चालन हुने तय भएको परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
यद्यपि बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्नेछ ।
बोर्डको बैठक बसेर परीक्षाको तालिका तय गर्ने निर्णय भएको स्रोतले बताएको छ ।
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित गरिएको हो ।
यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । तर सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो ।