सुनको मूल्य तोलामा ६ हजार ९ सय रुपैयाँले बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ बढेको छ । 

यस दिन सुनको भाउ तोलाको १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ । यो सुनको मूल्य नेपाली बजारमा हालसम्म कायम भएको सबैभन्दा उच्चतम मूल्य हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको हो ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।

हिजो सोमबार प्रति तोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य मंगलबार प्रति तोलाको मूल्य १ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *