पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

Thankot Times

थानकोट ।

विश्वभरका क्याथोलिकहरूका आध्यात्मिक नेता पोप फ्रान्सिसको सोमबार बिहान निधन भएको छ ।

कार्डिनल केविन फेरेलले भ्याटिकनको कासा सान्ता मार्टास्थित निवासमा पोपको निधन भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

फेरेलले आफ्नो घोषणामा भनेका छन्, ‘रोमको स्थानीय समय अनुसार बिहान ७ः३५ बजे पोप फ्रान्सिसले अन्तिम श्वास फेरे । फ्रान्सिसको पूरा जीवन लर्ड र चर्चको सेवामा समर्पित थियो ।’

उनी मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । र, लामो समय अस्पतालमा भर्ना भएर हालै घर फर्किएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *