काठमाडाैंमा ट्याक्सी चालकको मोबाइल खोसेर भागेका तीन जना समातिए

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले मोबाइल लुटपाटमा संलग्न तीनजना युवालाई पक्राउ गरेको छ ।

पीडितको निवेदनका आधारमा प्रहरीले शिखरजंग थापा भनिने नवराज सुनुवार, राज निष्ट यादव र सुरेश ठाकुर हजामलाई पक्राउ गरेको हो । 

गत शुक्रबार दिउँसो पौने ४ बजे बसुन्धारामा मोटरसाइकलमा आएका दुई जनाले ट्याक्सीचालक प्रेम तामाङको बा २ ज ३४५८ को ट्याक्सी ठमेलमा सामान लिन जाने भनेर रोकेको र फोन गर्नका लागि भनेर मोबाइल मागेर भागी फरार भएको भनी पीडितले दिएको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् ।    

प्रहरीको अनुसन्धानमा पक्राउ परेकाहरूले विभिन्न स्थान र व्यक्तिबाट मोबाइल लुट्ने गरेको पाइएको थियो ।

उनीहरूको साथतबाट प्रहरीले विभिन्न कम्पनीका चार थान मोबाइल बरामद गरेको छ । 

उनीहहरूमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *