सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो १ तोला सुनको मोल ?

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम भएको छ ।

सोमबार (वैशाख ८) छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । यही वैशाख ४ गते छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुँदै उच्च मूल्य कायम भएको थियो ।

आइतबार (वैशाख ७) भने छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

चाँदी भने आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *