चैत १५ गते पक्राउ परेका नेतालाई रिहा नगरेसम्म राप्रपाले आन्दोलन जारी राख्ने

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १५ गते पक्राउ परेका नेताहरूलाई रिहा नगरेसम्म आन्दोलन जारी राख्ने भएको छ ।

आइतबार साँझ प्रहरीको नियन्त्रणबाट छुट्कारा पाएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको आन्दोलन जारी रहने बताएका हुन् ।

गाडीमा सवारी रहेका बेला सञ्चारकर्मीले लिङ्देनलाई चैत १५ गते पक्राउ परेका नेताहरूबारे प्रश्न गरेका थिए । जवाफमा लिङ्देनले भने, “रिहाइ नभएसम्म यस प्रकारका आन्दोलनमा रहन्छौँ ।”

उनले आगामी कदमबारे पार्टीमा छलफल हुने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *