नेपाल सुपर लिग फुटबलः ललितपुर सिटी एफसी फाइनलमा

Thankot Times

थानकोट ।

ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २-१ गोलले हराउँदै ललितपुर फाइनलमा प्रवेश गरेको हो ।

दशरथ रङ्गशालामा भएको खेलमा ललितपुरका पापा केवे र केर्भन्स बेलफर्टले एक-एक गोल गरे । यस्तै, धनगढीका जर्ज प्रिन्स कार्कीले एक गोल गरे ।

पराजित भएको धनगढीले दोस्रो क्वालिफायरमा आज चितवन र पोखराबीच हुने एलिमिनेटर खेलको विजेतासँग खेल्ने छ ।

दोस्रो क्वालिफायरको खेल बुधबार र तेस्रो संस्करणको एनएसएलको फाइनल खेल आउँदो शनिबार हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ