चन्द्रागिरि क्षेत्रमा बिजुली सेवामा किन अनियमित ? यस्ताे छ प्राधिकरणकाे भनाइ

थानकोट ।
पछिल्लो एक सातादेखि चन्द्रागिरि नगरमा बिजुली सेवा अनियमित भइरहेको छ।
मातातिर्थस्थित सब स्टेशनकाे कन्ट्रोल प्यानलमा गत आइतबार दिउँसो आगलागी भएपछि नगर क्षेत्रमा बिजुली सेवा अनियमित भएको हाे । साे स्थानकाे कन्ट्रोल रुमकाे प्यानल जलेपछि स्चुचाटार र धादिङ सव स्टेशनबाट चन्द्रागिरि नगरमा विद्युत सुचाारु गरिएको प्राधिकरणकाे भनाइ छ।
विद्युत आपूर्तिमा समस्या देखिँदा नगर क्षेत्रका दर्जनौं उद्योग कलकारखानामा समेत प्रभाव परेको छ। उद्याेगीहरुले पूरा भाेल्टेज बिजुली नहुँदा मेसिन चल्न नसकेको गुनासाे गरेका छन् ।
आज आइतबार बिहानैदेखि चन्द्रागिरि नगरका विभिन्न स्थानमा बिजुली सेवा अवरुद्घ छ।
प्राधिकरण स्राेतका अनुसार एक साताअघि जलेकाे प्यानल मर्मत सकिएको छ। आजबाट पुरानै प्रणालीबाट चन्द्रागिरि नगर क्षेत्रमा बिजुली सेवा सुचारु गर्न अहिले सिस्टम डाउन गरिएको हाे ।