आईसीसी यू-१९ विश्वकप एशिया छनोटः खेल रद्ध हुँदा अफगानिस्तानलाई उपाधि, नेपाल निराश

थानकोट ।
आईसीसी यू-१९ विश्वकप एशिया छनोट अन्तर्गत शनिबारका लागि तय भएको नेपाल र अफगानिस्तानबीचको खेल रद्ध भएको छ ।
वर्षाका कारण खेल हुन नसक्दा नेट रनेटका आधारमा अफगानिस्तान विश्वकपका लागि छनोट भयो ।
काठमाडौंको मूलपानीस्थित मैदानमा खेल बिहान साढे ९ बजे सुरु हुने तय थियो । तर, वर्षाका कारण खेल सम्भव भएन । त्योसँगै अफगानिस्तानले आउँदो वर्ष जिम्बाब्वेमा हुने युवा विश्वकपमा स्थान बनाएको हो ।
यू–१९ विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नैपर्ने थियो ।
खेल नहुँदा दुवै टिमले एक/एक अंक प्राप्त गरे ।
त्यो नै अफगानिस्तानलाई युवा विश्वकपमा सहभागी गराउन काफी रह्यो ।