संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्न चाहनेहरुबाट चन्द्रागिरि नगरले आवेदन माग्यो

थानकोट ।
चन्द्रागिरि नगरपालिकाले शैक्षिक सत्र २०८२ मा नगरभित्रका संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी छात्रवृत्तिका लागि निवेदन आह्वान गरेको छ ।
नगरको शिक्षा शाखाले बिहीबार एक सूचना प्रकाशित गरी चन्द्रागिरि नगरपालिका नगरस्तरीय छात्रावृत्ति व्यवस्थापन समितिको २०८१ चैत्र २८ गतेको निर्णयानुसार संस्थागत विद्यालयमा शैक्षिक सत्र २०८२ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रावृत्तिका लागि निवेदन आह्वान गरेको हो । गतवर्ष छात्रवृत्ति पाएका र नयाँ विद्यार्थीले पनि फाराम भर्न सक्ने जनाइएको छ ।
नगरपालिकाले छात्रवृत्ति व्यवस्थापन कार्यविधि-२०७९ को परिच्छेद-४ दफा ७ को उपदफा ३ को ३ बमोजीम नगरपालिकाको छात्रवृत्ति बैंकका लागि निवेदन आह्वान गरेको हो ।
छात्रवृत्तिका लागि निवेदन दिन चाहने विद्यार्थीले चन्द्रागिरि नगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७९ को दफा ८ को उपदफा ६ बमोजिम आवश्यक कागजात साथ सम्बन्धित विद्यालयमा वैशाख १९ गतेसम्म बुझाउन अनुरोध गरेको छ ।
इच्छुक विद्यार्थीहरूले विभिन्न सात प्रकारका कागजातहरू आवेदनका साथमा संलग्न गर्नुपर्ने जनाइएको छ । यस्तै, नगर क्षेत्रमा स्थायी बसोबास गरिरहेका विद्यार्थीहरू छात्रवृत्ति प्राप्तिमा पहिलो प्राथमिकतामा पर्ने नगरले जनाएको छ ।
लक्ष्यित ब्यक्ति र समुदायले यो सेवा निस्पक्षे मुल्यांकन बाट प्राप्त गर्न सकुन शुभकामना ।