आईसीसी यू-१९ विश्वकप एशिया छनोटः निर्णायक खेलमा आज नेपाल र अफगानिस्तान प्रतिस्पर्धा गर्दै

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।

यो खेल बिहान साढे ९ बजेदेखि मुलपानी मैदानमा हुनेछ । प्रतियोगिताको यो निर्णायक खेल हो ।

आजको खेल जित्ने टोली आगामी वर्ष जिम्बावेमा हुने यू-१९ विश्ककपमा छनोट हुनेछ ।

नेपालले लगातार तेस्रो जित निकाल्ने क्रममा बुधबार हङकङविरुद्ध नौ विकेटको सहज जित निकालेको थियो ।

त्यसअघि नेपालले पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध डकवर्थ लेविस पद्दतिअनुसार पाँच रनले र दोस्रो खेलमा ओमानविरुद्ध आठ विकेटको जित निकालेको थियो ।

अफगानिस्तानपनि प्रतियोगितामा अपराजित छ ।

समान अंक भएपनि नेट रनरेटका आधारमा अफगानिस्तान नेपाल भन्दा निकैअघि छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *