चन्द्रागिरि नगरमा सर्न पाउँ भन्दै एउटा विद्यालयले काठमाडाैं महानगरमा निवेदन दिएपछि…..

थानकोट ।
काठमाडाैं महानगरपालिकाले महानगर क्षेत्रमा भएका संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तन हुने भएपछि सूचना जारी गरेको छ ।
शुक्रबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै महानगरले तीन वटा विद्यालयको नाम परिवर्तन र एक विद्यालयको स्थान परिवर्तन सम्बन्धमा सूचना जारी गरेको हो ।
सूचनामा उल्लेख भएअनुसार काठमाडाैं महानगरपालिका वडा नं. ११ मा रहेको त्रैविद्या शिक्षा सदनले चन्द्रागिरि नगरपालिका वडा नं. ३ मा स्थानान्तरणका लागि निवेदन दिएको छ ।
उक्त विद्यालय चन्द्रागिरि स्थानान्तरण हुँदा कुनै संघसंस्था वा व्यक्तिको दाबी विरोध भएमा ३५ दिनभित्र आवश्यक प्रमाणसहित महानगरको शिक्षा विभागमा सम्पर्क राख्न भनिएको छ ।