३० लाख रुपैयाँ लुटियो भन्दै रक्ताम्मे अवस्थामा एक पुरुष थानकोट प्रहरीको सम्पर्कमा पुगेपछि…..

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०७ मा एक जना पुरुष घाइते अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार हेटौंडाका नवराज दाहाल आफैँ प्रहरीको सम्पर्कमा पुगेका थिए । उनको घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ ।

उनले प्रहरीलाई बैशाख १ गते चन्द्रागिरि नगरपालिकामा पर्ने डाँडामा आफूलाई एउटा समूहले आक्रमण गरेर आफूसँग भएको ३० लाख रकम लुटेर फरार भएको बताएका छन् ।

उनको घाँटीमा धारिलो हतियारले रोपेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

उनलाई उपचारको लागि वीर अस्पतालमा भर्ना गरिएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *