काठमाडौंका केही स्थानमा आज राति नेपाल टेलिकमका सेवाहरू अवरुद्ध हुन सक्ने

Thankot Times

थानकोट ।

नेपाल टेलिकमले आज शुक्रबार रातिबाट भाेलि शनिबार बिहानसम्म टेलिफोन र इन्टरनेट सेवा बन्द हुनसक्ने जनाएको छ ।

टेलिकमले शुक्रबार एक सूचना जारी गर्दै वैशाख ५ गते शुक्रबार राति ९ बजेदेखि शनिबार बिहान ७ बजेसम्म दूरसञ्चार कार्यालय सुन्धाराअन्तर्गतका स्थानमा सेवा अवरुद्ध हुनसक्ने जनाएको हो ।

जसबाट असन, ठहिटी, भेडासिंङ, इन्द्रचोक, महाबौद्ध, किलागललगायत स्थान प्रभावित हुन सक्नेछन् ।

टेलिकले ‘फाइबर टु द होम’ एफटीटीएच मर्मत गर्ने र उक्त अवधिमा सेवामा समस्या हुन सक्ने जनाएको छ ।

सूचना हेराैं:


Leave a Reply

Your email address will not be published. Required fields are marked *