कुलेश्वरमा एक पुरुष मृत भेटिए

थानकोट ।
काठमाडौंको कुलेश्वरस्थित मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ ।
बिहीबार बिहान मन्दिरको भित्री गल्लीमा एक पुरुषको शव भेटिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।
मृत भेटिएका पुरुष अन्दाजी ५५/५६ वर्ष जति रहेको बताइएको छ ।
उनको अहिलेसम्म नाम थर तथा वतन खुलेको छैन् ।
सो बारेमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।