सह-महामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएपछि रास्वपामा तरङ्ग

Thankot Times

थानकोट ।

सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह-महामन्त्री पदबाट राजीनामा दिएकी छन् । 

रवि लामिछाने पक्राउ पर्नुअघि बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा पार्टी लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताएलगत्तै सुमनाले सह-महामन्त्री पदबाट राजीनामा दिएकी हुन् । 

पार्टी पुनर्संरचना गर्ने चाहानालाई सहयोग पुर्‍याउन श्रेष्ठले दोहोरो भूमिका निर्वाह नगर्ने बरु संसदमै प्रभावकारी भूमिका निर्वाह गर्छु भनेर राजीनामा दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

श्रेष्ठले भने राजीनामाबारे कुनै प्रतिक्रिया दिएकी छैनन् ।

श्रोतका अनुसार आज बिहीबार बस्ने बैठकमा श्रेष्ठले आफ्ना कुरा राख्ने तयारी गरेकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *