सुनको भाउ उकालो लागेको लाग्यै

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ कीर्तिमान बनाएको छ ।

आज सुनको मूल्य तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ।

अघिल्लो दिनको (बुधबार) तुलनामा सुनको मूल्य एकैपटक ३ हजार ६ सय रुपैयाँ बढेको हो।

महासंघका अनुसार अब १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६३ हजार ४ सय १० रुपैयाँ पर्ने भएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।

अघिल्लो दिन (बुधबार) तोलाको १ हजार ९ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९ सय ६० रुपैयाँ पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *