इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्दै छौँ- महानगर प्रमुख बालेन

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरपालिकाकामा रहेको ऐतिहासिक पोखरी इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्ने कार्य सुरु भएको बताएका छन् ।

३ करोड ६४ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भइरहेको यो पोखरीको क्षेत्रफल करिब साढे ७ रोपनी  रहेको शाहले उल्लेख गरेका छन् ।

जसमध्ये ६ रोपनी क्षेत्र पानीका लागि छुट्टाइएको बताइएको छ ।

पोखरीको वरिपरि २ मिटर चौडाइको पैदल मार्ग निर्माण गरिने बालेनले उल्लेख गरेका छन् ।

पोखरीमा आकाशे पानी संकलन प्रणाली पनि बनाइनेछ। पोखरीको पुनर्निर्माणले जल प्रणाली पुनर्स्थापना गर्ने शाहको विश्वास छ ।

पानीको स्रोत व्यवस्थापन गर्न लिच्छविकालिन अवस्थामा काठमाडौँको उत्तरी सिरान क्षेत्रपाटीमा यो पोखरी निर्माण गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *