मंगलोदय क्याम्पसमा उद्यमशीलता तथा वित्तिय साक्षरता सम्बन्धी ७ दिने तालिम सुरु

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका र राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनामा बुधबारबाट चन्द्रागिरि नगरपालिकामा उद्यमशीलता तथा वित्तिय साक्षरता सम्बन्धी ७ दिने तालिम सुरु भएको छ ।

थानकोटस्थित मंगलोदय क्याम्पसमा सो कार्यक्रम सुरु भएको हो ।

तालिम कार्यक्रममा सो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू सहभागी हुने क्याम्पसले जनाएको छ ।

कार्यक्रमको चन्द्रागिरि नगरका प्रवक्ता एवं वडाध्यक्ष कृष्ण प्रसाद खड्गीले उद्घाटन गरेका थिए । सो क्रममा नगरको शिक्षा शाखाका प्रमुख सुजनराज खनाल, नगर शिक्षा अधिकृत बुद्धिप्रसाद भट्ट लगायत उपस्थित थिए ।

तालिम कार्यक्रममा उद्यमशीलता तथा वित्तिय सारक्षरता विविध पक्षका सन्दर्भमा विद्यार्थीहरूका लागि प्रशिक्षण तथा कार्यशाला सञ्चालन हुने बताइएको छ । यस्तै, सो क्रममा सहुलियतपूर्ण कर्जा सहजीकरण प्रयोजनका बारेमा समेत जानकारी गराइने बताइएको छ ।

कार्यक्रम बैशाख ९ गते सकिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *