कवाडी सङ्कलन गर्ने मजदुरलाई अमर्यादित व्यवहार गर्ने काठमाडाैं महानगर प्रहरीमाथि कारबाही

Thankot Times

थानकोट ।

बालुवाटार क्षेत्रमा साइकलयात्रीमथि बल प्रयोग गर्ने नगर प्रहरीहरूलाई कारबाहीका लागि काठमाडाैं महानगर प्रहरी बलको कार्यालयमा तानिएको छ ।

उक्त क्षेत्रमा बुधबार बिहान नगर प्रहरी इन्सपेक्टर शम्भु विष्टको नेतृत्वमा रहेको नगर प्रहरी टोलीले एक साइकलयात्रीलाई  लछारपछार पारी उनको साइकल कब्जामा लिएको थियो ।

उक्त कार्य अमर्यादित तथा गैह्र व्यवसायिक ढंगको भएको भन्दै महानगर प्रहरी ऐन, २०८० बमोजिम महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले उनीहरूलाई जिम्मेवारीमुक्त गरी प्रहरी बलको कार्यालयमा तानेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *