रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको हो ।

बैठकमा यसअघिका बैठकको निर्णय र पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

त्यस्तै महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लु-प्रिन्ट कार्यदल, लिडर सीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे विशेष रिपोर्टिङ हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *