राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार बस्दै

थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बिहीबार बिहान ११ बजे धुम्बाराहीमा बैठक बोलाइएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकमा पार्टीको आगामी आन्दोलन, तीनकुने आन्दोलनपछि पक्राउ पार्टी नेताहरुको रिहाइको मागलगायतका विषयमा छलफल र आवश्यक निर्णय हुने बताए ।
राप्रपाले वर्तमान व्यवस्थालाई चुनौती दिँदै राजसंस्थाको पक्षमा आफ्ना गतिविधि गर्दै आएको छ ।
सोहीअनुसार बैशाख ७ गतेसमेत राजधानीमा प्रदर्शनको तयारी गरेको राप्रपाले बैठकमा सो सम्बन्धमा पनि आवश्यक निर्णय गर्ने बताइएको छ ।