नेपाल सुपर लिग फुटबल:बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै पोखरा थन्डर्स प्लेअफमा

Thankot Times

थानकोट ।

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीलाई हराएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बुधबार भएको खेलमा पोखराले बुटवललाई २–० ले पराजित गरेको हो ।

लिग चरणको अन्तिम खेलमा जीत निकाल्दै पोखरा एनएसएलको प्लेअफमा प्रवेश गरेको छ ।

पोखराले ६ खेलबाट आठ अङ्क पुर्‍याएको छ । पराजित बुटवल भने एक अङ्कसहित यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

यसअघि ललितपुर सिटी र धनगढी एफसी प्ले अफमा पुगिसकेका छन् । नेपाल सुपर लिग फुटबलमा आज ललितपुर सिटी र झापा एफसी खेल्दैछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *