आईसीसी यू-१९ विश्वकप एसिया छनोट: आज नेपालले हङकङको सामना गर्दै

Thankot Times

थानकोट ।

आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले हङकङसँग खेल्दै छ ।

 यो खेल काठमाडाैंस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा साढे ९‌ बजेदेखि सुरु हुने तालिका रहेको छ । 

आज नै अफगानिस्तानले यूएईसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्दै छ । 

नेपालले हालसम्म खेलेका दुवै खेल जितेको छ । पहिलो खेलमा यूएईमाथि डिएल पद्दति अनुसार जित निकालेको नेपालले दोस्रो खेलमा ओमानलाई सहजै हराएको थियो ।

पहिलो खेलमा ओमान तथा दोस्रो खेलमा हङकङमाथि फराकिलो‌ जित निकाल्दै अफगानिस्तानले पनि प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *