काठमाडौं महानगर उपप्रमुख डंगोल वर्ल्ड इकोनोमिक फोरमको युवा सूचीमा

Thankot Times

थानकोट ।

काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको युवा सूचीमा समेटिएकी छन् ।

फोरमले विश्वका फरक-फरक विधाका युवालाई उनीहरूको कार्यदक्षताका आधारमा समेट्ने गर्छ ।

डंगोलको नाम उक्त सूचीमा समावेश हुनुमा फोरमले विभिन्न आधारहरू प्रस्तुत गरेको छ ।

सुनिताले मिस नेवाको उपाधि जितेकोदेखि नेपालका ७५३ पालिकामा सबैभन्दा ठूलो मतान्तरले काठमाडौंको उपमेयरमा निर्वाचित भएको विषयलाई पनि आधारका रूपमा प्रस्तुत गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *