त्रिभुवन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मेवारी प्रा.डा. खड्क केसीलाई

Thankot Times

थानकोट ।

प्रा‍‍‍.डा‍. खड्क केसी त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त भएका छन्।

उनी हाल त्रिविमा रेक्टरको जिम्मेवारीमा थिए । 

प्रधानमन्त्री तथा विश्वविद्यालयका उपकुलपति केपी शर्मा ओलीले केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् । 

केसीलाई अर्को व्यवस्था नहुँदासम्मको लागि उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

निमित्तको जिम्मेवारी पाएर उनले आजदेखि कार्यभार समेत सम्हालिसकेका छन् । 

त्रिविका उपकुलपति प्रा.डा केशरजंग बरालले राजीनामा दिएपछि विश्वविद्यालय उपकुलपति विहिन बनेको थियो ।

त्रिविको नियम अनुसार उपकुलपति पद रिक्त भएको खण्डमा तीन महिनासम्मका लागि रेक्टरलाई उपकुलपतिको जिम्मेवारी दिनुपर्ने व्यवस्था छ । 

उपकुलपति बरालले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ