नागढुङ्गा सुरुङ मार्ग निर्माणस्थलमा १ सय भन्दा धेरै प्रहरी परिचालन (भिडियो)

Thankot Times

थानकोट ।

राष्ट्रिय गाैरवको आयोजना नागढुङ्गा सुरुङ मार्ग निर्माणस्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएका छन् ।

आयोजनाअन्तर्गत चन्द्रागिरि नगरपालिका तर्फका तीन वटै स्थानमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी २४ घण्टा सुरक्षामा खटिएका हुन् ।

सुरुङ मार्गको धादिङ पोर्टलमा समेत सुरक्षाकर्मी परिचालन भएको बुझिएको छ ।

आयोजना अन्तर्गत चन्द्रागिरि नगरपालिका-२ घट्टेडाँडास्थित आयोजनाको फिल्ड कार्यालय, टोटी टोलस्थित सुरुङ मार्गको पूर्वी पोर्टल र दुरसञ्चारस्थित फ्लाइओभर निर्माणस्थलमा प्रहरी परिचालन गरिएका हुन् ।

स्थानीयले सुरुङमार्ग क्षेत्रमा खानेपानी निःशुल्क वितरण व्यवस्था हुनुपर्ने, सिँचाइका लागि दीर्घकालीन व्यवस्था गर्नुपर्ने, सुरुङमाथि परेका जग्गाको मु-आब्जा दिनुपर्ने लगायतका माग गर्दै आयोजनाको काम ठप्प पारेका थिए। सुरुङमार्ग क्षेत्रका बासिन्दालाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने मागसहित गत चैत्र ३ गतेबाट आयोजनास्थलमा अवरोध गर्दा लगातार २८ दिनसम्म आयोजना निर्माणको कार्य ठप्प बनेको थियो । गत आइतबारबाट भने आयोजनास्थलमा प्रहरी परिचालन गरि कार्य सुरु गरिएको हो ।

आयोजनास्थलमा हाल प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बु, प्रहरी प्रभाग नागढुङ्गा, प्रहरी वृत्त कीर्तिपुर र प्रहरी वृत्त स्वयम्भूबाट समेत प्रहरी झिकाइएको हो । यस्तै, सशस्त्र प्रहरीसमेत सुरुङ मार्ग निर्माणस्थलमा परिचालन गरिएका छन् ।

नागढुङ्गा सुरुङमा प्रहरी पहरा, कीर्तिपुरका प्रहरीसमेत तैनाथ, १३ करोड रुपैयाँ बराबरको क्षति दाबी


Leave a Reply

Your email address will not be published. Required fields are marked *