बलम्बु निवासी अञ्जलीको उपचारका लागि सहयोग जुट्दै, करिब ५० लाख रुपैयाँ संकलन

थानकोट ।
क्यान्सरसँग जुधिरहेकी बलम्बुकी २७ वर्षीया अञ्जली श्रेष्ठको उपचारमा सघाउ पुर्याउन सहयोग रकम संकलनको अभियान जारी छ ।
लामो समयदेखी उपचारत श्रेष्ठको सहयोगका लागि विभिन्न च्यारिटी समेत आयोजना हुँदै आएको छ ।
उनको उपाचरका लागि थालिएको सहयोग संकलनको अभियानका क्रममा पछिल्लो समय करिब ५० लाख रुपैयाँ संकलन भएको सांगितिक समुह अनुप्रस्थले जनाएको छ ।
सन् २०१९ मा नर्सिङ परीक्षा सकेर सेवामा जुट्दै गर्दा क्यान्सर भएको पत्ता लागेपछि हालसम्म उनले ५ पटक शल्यक्रिया र २६ पटक रेडियो थेरापी गराइसकेकी छन् । यद्यपी क्यान्सर पूर्णतः निको हुन नसकेको उनको भनाइ छ ।
चिकित्सकले अञ्जलीलाई अब कम्तीमा ३ वर्षसम्म डाब्राफेनिब र ट्रामेटिनिब नामक औषधी नियमित रूपमा प्रयोग गर्न सुझाएका छन् । ती औषधी निकै महंगो हुने गरेको छन् । जसको खर्च मासिक ६ लाख रुपैयाँसम्म पुग्ने अनुमान छ ।