वर्षको पहिलो कारोबार दिन सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ सस्तियो

Thankot Times

थानकोट ।

२०८२ सालको पहिलो कारोबार दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य पछिल्लो कारोबार दिनको तुलनामा सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन अस्ती आइतबारको तुलनामा सुनको भाउ यसदिन तोलामा १ हजार ७ सय रुपैयाँ घटेर कारोबार भएको हो ।

मंगलबार चाँदीको मूल्यमा अघिल्लो कारोबार दिनको तुलनामा केही गिरावट आएको छ । यसदिन चाँदी प्रति तोला १ हजार ९ सय ४५ रुपैयाँ कारोबार भइरहेको महासंघको भनाइ छ ।

महासंघका अनुसार गत वर्ष (२०८० चैत ३० देखि २०८१ चैत मसान्तसम्म) को अवधिमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ मूल्य बढेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *