नयाँ वर्षको पहिलो दिन चन्द्रागिरि हिल्समा खचाखच भीड, कति जनाले चढे केबलकार ?

Thankot Times

थानकोट । 

नयाँ वर्षको पहिलो दिन हिजो सोमबार करिब ९ हजार जनाले चन्द्रागिरि केबलकार चढेका छन् । 

चन्द्रागिरि हिल्स व्यवस्थापनका अनुसार सोमबार बिहान ७ बजेबाट बेलुकी ९ बजेसम्म सो संख्यामा यात्रुले केबलकार सेवा लिएका हुन् । 

मातातिर्थमा रहेको नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमा आइतबार दिउँसो आगलागी भएपछि चन्द्रागिरि केबलकार वरपरका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुँदा चन्द्रागिरि हिल्सले जेनेरेटरको सहायतामा बिहान १० बजेसम्म केबलकार सञ्चालन गरेको थियो ।

सोमबार केबलकार चढ्नेको संख्या उल्लेख्य रहेपनि सो को व्यवस्थापन सहज रुपमा गरिएको चन्द्रागिरि हिल्सका अपरेसन म्यानेजर सरोज बस्नेतले जानकारी दिए ।

हिल्स अन्तर्गतकै करिब १ सय सुविधासम्पन्न कोठा भएको चन्द्रागिरि रिसोर्टमा नयाँ वर्षका लागि केही दिन अघिनै बुकिङ फुल भइसकेको थियो ।

नयाँ वर्ष मनाउन चन्द्रागिरि डाँडा उक्लनेको ताँती, रिसोर्टका सबै कोठा बुक

विद्यार्थी, स्थानीय, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूका लागि चन्द्रागिरि केबलकारको टिकट दरमा विशेष छुट उपलब्ध गराइँदै  आएको कम्पनीले जनाएको छ ।

 जन्मदिन मनाउन चन्द्रागिरि हिल्स पुग्नेहरूका लागि भने केबलकारको टिकट निःशुल्क उपलब्ध हुने कम्पनीको भनाइ छ । 

चन्द्रागिरि डाँडा स्वदेशी तथा विदेशी नागरिकहरूका लागि छुट्टी मनाउने प्रमुख गन्तव्य बनिरहेको छ ।

तस्वीरः जगनाथ बम


Leave a Reply

Your email address will not be published. Required fields are marked *