प्रदर्शनमा सहभागी हुने अजुलियन किर्पाललाई ‘डिपोर्ट’ गरिने, नेपाल आउन २ वर्षको प्रतिबन्ध

थानकोट ।
अमेरिकी नागरिक जुलियन किर्पाललाई नेपालबाट डिपोर्ट गरिने भएको छ।
गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।
उनी नेपालको राजनीतिक गतिविधिमा संलग्न भएको भेटिएपछि किर्पालविरुद्ध प्रतिबन्धसहितिको डीपोर्ट गर्ने निर्णय गरिएको हो ।
गत चैत १४ गते अमेरिकी नागरिक किर्पाल माइतीघरबाट पक्राउ परेका थिए। उनले राजसंस्थाको पक्षमा नाराबाजी लगाउनुको साथै पम्पलेट पनि प्रदर्शन गरेका थिए। लगत्तै उनलाई काठमाडौं प्रहरीले पक्राउ परेको थियो ।