मधेस प्रदेशमा आज सार्वजनिक बिदा

Thankot Times

थानकोट।

मधेस प्रदेश सरकारले आज मंगलबार प्रदेश क्षेत्रमा बिदा दिएको छ।

सिरुवा पावनी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिइएको हो ।

गएको चैत २२ गते मधेस प्रदेश सरकारले दिने थप बिदा सम्बन्धी सूचनामा आज (वैशाख २ गते मंगलबार) प्रदेशभर सार्वजनिक बिदा हुने उल्लेख छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेस प्रदेशले सूचना जारी गर्दै आज प्रदेशभर सार्जजनिक बिदा रहेको जानकारी गराएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ