जाजरकोटमा लगातार भूकम्पको धक्का

थानकोट ।
जाजरकोटमा आज (मंगलबार) पनि बिहान भूकम्प गएको छ । जाजरकोटको पैंक केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:५३ बजे भूकम्प गएको हो ।
सोमबार राति पनि सोही स्थानलाई केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
जाजरकोट केन्द्र बनाएर लगातार भूकम्प गइरहेको छ ।
यसअघि २०८१ चैत २१ गते राति क्रमशः ८ः०७ बजे र ८ः१०बजे सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएका थिए।